काठमाडौं । बैसाख २ गते
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर थापा प्रती सच्चा श्रद्धाञ्जली हुने राप्रपा अध्यक्ष कमल थापाले बताउनु भएको छ । उहाँले पुर्व प्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष सुर्य बहादुर थापाको स्मृति दिवसको अवसरमा राप्रपालाई बलियो शक्ति बनाउन सकेमात्र थापा प्रती सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको हो ।

उहाँले राप्रपा सुर्य बहादुर थापाको ‘लिगेसी’ भन्दै कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सुर्यबहादुर थापाको चाहना भएको समेत बताउनु भएको छ । राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ बर्ष पुरा भएको छ ।