×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख २ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्थान परिवर्तनका विशेष हुनुका साथै रोकिएको धन हात पर्ने तथा मनोरञ्जनमा सहभागी भइनुका साथै साँझमा पैसा खर्च हुने योग रहेको छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुने योग रहेको छ भने मिलनसार साथीको सहयोगले कार्य सिद्ध हुने तथा पढाइ लेखाइमा प्रगति हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मन भावुक र उत्ताउलो बन्ने योग रहेको छ भने आफूलाई अनुशासित र संयम बनाउनु पर्ने तथा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लामो समयदेखिका बाधाहरू स्वत फुकुवा हुनुका साथै कला र गलाको प्रभाव बढ्ने तथा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज रमाइलो यात्राको हुुुनुका साथै कार्य सम्पादनमा सहजता मिल्ने भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आस मारेको काम बन्ने योग रहेको छ भने अचल सम्पत्ति हात पर्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुने तथा शुभ र नयाँ कार्यको चर्चा चल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिने योग रहेको छ भने मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नुपर्ने तथा घरायसी समस्या बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभ समाचार सुन्न पाइनुका साथै परिवारजनको साथले नयाँ आशा जगाउने तथा नयाँ सवारी साधन प्राप्तिको योग छ भने अरुको मन जित्न सकिनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै धार्मिक कार्य सफल रहने तथा न्यायिक कार्यमा सफलता मिल्ने र दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज विचार परिवर्तन भै परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइने योग रहेको छ भने रोकिएका अधुरा कामहरू पुरा हुने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धार्मिक तथा समाजसेवामा मन लाग्नुका साथै राजनैतिक कार्यमा सफलता मिल्ने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने बोलीको प्रभाव बढ्ने तथा स्वादिष्ट भोजन पाइनेछ र वैदेशिक कार्य र वित्तिय संस्थाबाट सफलता मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला