×

TUNGOON

पहिलोपटक योैनसम्पर्क गर्दा ध्यान दिनु पर्ने ५ कुराहरु


काठमाडौं । बैशाख ३ गते
आजभोली योैनसम्पर्कको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक योैनसम्पर्क गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ ।

पहिलोपटक योैनसम्पर्क गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । पहिलोपटक योनसम्पर्क गर्दा ध्यान दिनुपर्ने कु।ाहरु यसप्रकार छन् ।

१.पहिलोपटक योैनसम्पर्क र्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ ।

२.खासगरी पहिलोपटक योैनसम्पर्कगर्नेबेला खासगरी पुरुषहरुले आफ्नो राम्रो भुमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं योैनसम्पर्क गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् । तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।

३.तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।

४.पहिलो पटक योैनसम्पर्क गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो कुरा गलत साबित भैसकेको छ । कसै कसैको योैनसम्पर्क नगरे पनि झिल्ली फाटिसकेको हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली योैनसम्पर्क गर्नु अघि नै फाटिसकेको हुन्छ ।

५.तपाईं पहिलोपटक योैनसम्पर्क गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला