×

TUNGOON

आज सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुईजनाको संसदीय सुनुवाइ हुँदै


काठमाडौं । बैशाख ३ गते
आज सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुईजनाको संसदीय सुनुवाइ हुँदैछ।उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेत उच्च अदालतका न्यायाधीश नहकुल सुवेदीलाई न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेर सुनुवाइका लागि पठाएको थियो।

समितिले दुवैजना विरुद्ध सार्वजनिक रुपमा उजुरी आह्वान गर्दै सुनुवाइका लागि आ बिहान ११ः३० बजे उपस्थित हुन निर्देशन दिएको छ।सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुईवटा उजुरी समितिमा दर्ता भएको थियो। सुवेदीविरुद्ध परेका पाँचवटै उजुरीमा सर्वोच्चको न्यायाधीश हुन आवश्यक न्युनतम योग्यता नपुगेको दाबी गरिएको छ भने चुडाविरुद्ध मुद्दा फैसला गर्दा घुस खाएको आरोप लागेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला