काठमाडौं । बैशाख ३ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ८९ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्यमा पनि केही वृद्धि भएको छ। आज चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको छ।