काठमाडौं । बैशाख ३ गते
इन्डियानापोलिस विमानस्थल नजिक रहेको फेडेक्स गोदामा एक बन्दूकधारीले असल्ट राइफलले गोलीकाण्ड मच्चाउँदा मेरिकामा कम्तीमा आठजनाको मृत्यु भएको छ भने कैयौं अन्य घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीवार बेलुका भएको घटनामा कैयौं मानिसलाई गोली लागेपछि अस्पताल लगिएको छ ।

दुईजना प्रत्यक्षदर्शीहरूले एक पुरुषले कारको डिक्कीबाट बन्दूक निकालेको देखेको बताए । लगभग १० वटा गोली चलेपछि प्रहरी घटनास्थलमा आइपुगेको अर्को व्यक्तिको भनाइ छ ।फेडेक्सका कर्मचारीहरूलाई गोदामको भुइँतल्लामा मोबाइल फोन प्रयोग गर्न नदिइने भएकाले आक्रमणका बेलामा ९११ मा फोन गर्न पाएका थिएनन् ।