काठमाडौं । बैशाख ४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज दिन भाग्यशाली भएर देखा पर्ने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै सामाजिक कामबाट प्रशंसा प्राप्त हुने तथा परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनुका साथै नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने तथा दैनिकी काममा चुनौतीको सामना गर्नुपर्ला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ र शुभ समाचार सुन्न पाइनुका साथै मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भने वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग रहेको छ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुने योग रहेको छ भने सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ र शुभ कार्यको चर्चा पनि चल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज भनेको कुराको विपरीत अर्थ लाग्नुका साथै स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने तथा भगवानको आशीर्वादले भने काम बन्नसक्छ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज छोटो दुरीको लाभदायक यात्रा हुने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनुका साथै वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग रहेको छ भने आकस्मिक धन लाभ हुने तथा मिहिनेत गर्दा अधिक प्रगति हुने तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय रहेको छ भने र्थिक कारोबारमा सफलता पाइनुका साथै साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, च्
िआज रोकिएका काम पुनः सुरु हुनुक ासाथै सामाजिक क्षेत्रमा सफलता मिल्ने तथा गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ र कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।