×

TUNGOON

अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने


काठमाडौं । बैशाख ४ गते
आज देशको पहाडी भागमा आज आंशिक बदलीको संभावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय रेखाको प्रभावले कतिपय स्थानमा बदली भएको र अन्य स्थानमा अब बदली हुने अनुमान छ । प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार देशका सातै प्रदेशमा आउँदो साता बदली र वर्षाको सम्भावना रहेको छ ।वर्षा शुक्रवारदेखि राजधानी उपत्यका लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ । साताका अधिकांश दिनमा हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको हो । तराईका भूभागमा साताको शुरु र अन्त्यमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा साताको शुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ ।त्यसैगरी प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको शुरु र अन्त्यको समयमा थोरै स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना रहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला