काठमाडौं । बैशाख ४ गते
कर्णाली प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दिएको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सन्ञाल मार्फत आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्ने रहेको टिप्पणी गर्नु भएको छ ।

उहाँले कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएकोसमेत स्पष्ट पार्नु भएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगर्न आग्रह समेत गर्नु भएको छ । उहाँले कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न पनि आग्रह गर्नु भएको छ । भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सन पनि आग्रह गर्दै कर्णालीको सन्देशलाई बुझेर भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने उल्लेख गर्नु भएको छ ।