काठमाडौं । बैशाख ४ गते
तपाई हामि सबै प्रत्येक दिन पुजाआजा गर्ने गर्दछौ । मनको शान्ति अनि जुन मनोकामनाले पुजा गरिएको छ उसको प्राप्तिको लागि विधानपूर्वक पुजा गर्नु जरुरि हुन्छ ।

जान्नु होस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनि कुन नियमको पालना गर्ने ।

१ . सर्वप्रथम हामिले शिव , गणेश र भैरवलाई तुलसि चढाउनु हुदैन ।

२. स्नान नगरि तुलसिको पातलाई टिप्नु हुदैन । शासत्र अनुुसार यदि कुनै व्यक्तिले ननुहाइ तुलसिको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुदैन ।

३. तुलसिको पातहरुलाई ११ दिन सम्म बमसस् मानीदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।
४. विहिबार,एकादशि द्धादशि,संक्रान्ति तथा साझमा तसलसिको पात टिप्नु हुदैन ।
५. सूर्य देवलाई शंखको जलबाट अर्घय दिनु हुदैन ।
६. दुवो घासलाई विहिबार टिप्नु हुदैन ।
७. बुधबार र विहिबार पिपलको बोटमा जल चढाउनु हुदैन ।
८. अपवित्र धातु जस्तै एल्मुनिएम तथा फलामबाट बनेका भाडाहरु ,प्लास्टिकको बोत्तलमा गंगाजल राख्नु हुदैन । गंगाजल तामाको भाडामा राख्नु शुभ मान्निछ ।
९. केतुतेको फुल शिवलिङ्गमा चढाउनु हुदैन ।
१०. कुनै पनि पुजामा मनोकामनाको सफलताको लागि दक्षिणा अवश्य चढाउनु पर्छ ।
११. माता लक्ष्मीको विशेष रुपले कमलको पुल अर्पित गरिन्छ । यस फुललाई पाच दिन सम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।
१२. घरको मन्दिरमा विहान वेलुका साझमा दिप अवश्य बाल्नु पर्छ । एउटा दिप घिउको अर्नि उटा तेलको बाल्नुपर्छ ।
१३ . सूर्य,गणेश,दुर्गा,शिव तथा विष्णु यि पञ्चदेव मानिन्छन ।
यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नु पर्छ । यसले लक्ष्मी कृपा र समृद्धि प्राप्त हुन्छ ।