काठमाडौं । बैशाख ४ गते
माओवादी केन्द्र नभए पनि देश चल्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनु भएको छ । आज बालुवाटारमा आयोजित सर्वदलीय बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले बैठकमा माओवादी केन्द्रको तर्फबाट सहभागिता नजनाइएको विषयलाई लिएर त्यस किसिमको प्रतिक्रिया दिनु भएको छ ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि सहभागी थिएनन्। कांग्रेस, जसपा, राप्रपा, नेमकिपा, राजमोको तर्फबाट नेताहरु सहभागी थिए। बैठकमा प्रधानमन्त्रीले कोभिड, उपनिर्वाचन तथा एमसीसीको विषयमा चर्चा गरेको बताउदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वदलीय बैठकमा प्रधानमन्त्रीले कोभिडकै बारेमा के गर्ने भनेर विषय राखेको र रिक्त पदहरुको उपनिर्वाचनको बारेमा कुरा भएको जनाकारी दिनु भएको छ ।