काठमाडौं । बैशाख ५ गते
काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा हिजोदेखि मौसममा परिवर्तन आएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बैशाख ६ गतेसम्म देशका विभिन्न भू–भागमा हावाहुरी, चट्याङ र मेघगर्जनसहित असिना पानी पर्ने सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। हाल पहाडी भू(भागमा आंशिक बदली रहेको छ र बाकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू(भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।