काठमाडौं । बैशाख ५ गते
आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताईएको छ ।

कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो ।तर केही जिल्लाले अझैसम्म क्रियाशील सदस्यता वितरण गर्न फारम नपाएको बताएका छन् । सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा समायोजनको काम सकिएको छैन ।पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बस्ने बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।प्रदेशहरुमा भईरहेको सरकार परिवर्तनको प्रयासमा आफ्नो भूमिकाबारे पनि कंंग्रेसले आजको बैठकमा छलफल गर्ने बुझिएको छ ।