×

TUNGOON

आज दिउँसो १ बजे प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै


काठमाडौं । बैशाख ५ गते
आज दिउँसो १ बजे प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशसभा बैठकलाई सम्बोधन गदै हुनुहुन्छ । राईले सम्बोधन गरेर अहिलेसम्म भए गरेका कामबारे सभालाई जानकारी गराउने छन् । मुख्यमन्त्री राईको सम्बोधनपछि हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ ।बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने उनका राजनीतिक सल्लाहकार रामकुमार बस्नेतले जानकारी दिनु भएको छ ।

प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सञ्चालन गर्नुपर्ने माग राखेर बैठक अवरूद्ध गर्दै आएका छन् ।प्रदेश १ को हिउँदे अधिवशेन गत माघ ७ गते शुरू भएको थियो । यस अवधिमा प्रदेशसभा बैठक सात पटक मात्र बसेको छ ।तर विपक्षी दलहरूले आजको बैठक पनि चल्न नदिने अडान लिएका छन् । आफूहरूले राखेको माग पूरा नभएसम्म सभा चल्न नदिने नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला