×

TUNGOON

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठक प्रति पुर्वप्रधानमन्त्री डा.भट्टराईद्वारा व्यङ्ग्यात्मक टिप्पणी


काठमाडौं । बैशाख ५ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठक प्रति जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलेव्यङ्ग्य गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै शनिबार आयोजना भएको बैठकमा अनुपस्थित भएका भट्टराईले ‘एमसीसी बैठक बहिस्कार’ गरेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नु भएको छ ।

उहाँले सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको र मिडियाबाट मात्र जानकारी पाएको पनि स्पष्टिकरण दिनु भएको छ । उहाँले मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा नभएको भन्दै जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी नभएको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला