×

TUNGOON

प्रधानमन्त्री केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरू भइसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई


काठमाडौं । बैशाख ५ गते
प्रधानमन्त्री केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरू भइसकेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । आज माडी नगरपालिकाको नवनिर्मित भवन उद्‌घाटन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा प्रचण्डले असंवैधानिक रूपमा संसद् विघटन गरेका केपी ओलीको हार कर्णालीबाट सुरू भइसकेको र अब त्यो हार सबैतिर पुग्‍ने पनि बताउनु भएको छ । गेमचेञ्जरु बनेका एमालेका सांसद प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्वीप उल्लंघन गर्दै चार मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए।ओलीले आफूलाई सडकमा पुर्‍याउने भनेर तार्गेट गरे पनि सफल हुन नसकेको पनि प्रचण्डले बताए। प्रचण्ड आज माडीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला