काठमाडौं । बैशाख ५ गते
सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । आज नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताउनु भएको छ । उहाँले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाउनु भएको छ ।

‘उहाँले प्रदेशमा केन्द्रीय राजनीतिको असर परेको बताउँदै त्यसका कारण परिस्थिति जटिल बनेको मुख्यमन्त्री भट्टको टिप्पणी छ।मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट सहयोग नभएको आरोप लगाउनु एको छ । भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकाहरूलाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा संघीयसरकारबाट असहयोग भएको मुख्यमन्त्री भट्टले दावी गर्नु भएको छ ।