×

TUNGOON

प्रधानमन्त्री ओलीले मदन भण्डारी र मनमोहन अधिकारीभन्दा आफूलाई ठूलो नेता घोषणा एमालेका सांसद विरोध खतिवडाको भनाई


काठमाडौं । बैशाख ५ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र मनमोहन अधिकारीभन्दा आफूलाई ठूलो नेता घोषणा गरेको नेकपा (एमाले)का सांसद तथा नेता विरोध खतिवडाले बताउनु भएको छ । आज मकवानपुरको कार्यकर्ता भेलामा बोल्दै नेता खतिवडाले ओलीले पार्टी र हामी भन्न छोडेर म भन्न थालेको बताउनु भएको छ ।

उहाँले पार्टीका सभा–सम्मेलनमा समेत नेकपा जिन्दावाद, एमाले जिन्दावाद भन्न छोडेर महान् राष्ट्रवादी नेता केपी ओली लेख्न थालिएको बताउनु भएको छ ।हामीले निर्वाचित गरेका अध्यक्षले पार्टी बिर्सिएर म भन्न थालेको भन्दै भाषण गरेका खतिवडाले ओलीले चाकडीबाजहरुलाई मात्र वरिपरि राख्ने गरेको बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला