×

TUNGOON

बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुन्छ – दिनेशकुमार घिमिरे


काठमाडौं । बैशाख ५ गते
आज संसदको अर्थ समितिको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराउनु भएको छ । उहाँले पहिलो युनिटबाट बैशाख भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको जानकारी दिनु भएको हो उहाँ आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको र संक्षेपमा भन्दा बैशाख भित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको जानकारी गराउँनु भएको छ े बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने सचिव घिमिरेको भनाई छ ।

यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले जानकारी गराउनु भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुरु गर्ने रहेपनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइराखेको बताउनु भएको छ । बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन सुरु हुँदा बैशाख ३१ गते सम्भव हुने उहाँको भनाई छ ।आयोजनाको काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने दाबी गर्नु भएको छ । साउन मसान्त सम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उहाँले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला