काठमाडौं । बैशाख ६ गते
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसको महाधिवेशनबारे कुरा उठ्नु दुर्भाग्य भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सर्वदलीय बैठकमा प्रश्न उठाउँदै डा.कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य भएको बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा विपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य भएको बताउँदै महाधिवेशन कांग्रेस पार्टीले गर्ने र यसमा कसैको अमूर्त स्वार्थ स्वीकार्य नहुँने बताउनु भएको छ ।