×

TUNGOON

वडाध्यक्ष को बिकास प्रेम देखेर बिपक्षी पनि मोहित मणिनाथ लामिछाने , पन्चकन्या गाउँपालिका


काठमाडौं । बैशाख ६ गते
नेपाल संघियतामा गए पश्चात जनताले प्रतक्ष विकासको अनुभूति गर्न पाएका छन्। आफ्नै आखा अगाडि आफुले चुनेका प्रतिनिधिहरुले के–कति काम गरेका छन् भनि मुल्याङ्कन गरेका छन्। यस मुल्याङ्कनको जवाफ जनाताले आउने चुनावमा अवस्य दिनेछन।

केहि स्थानिय तहमा भ्रष्टाचारको चरम सिमा नाघि सकेको छ भने केहि स्थानिय तहमा वडाध्यक्ष आफ्नै जमिन दान गरेर स्वास्थ्य चौकी बनाउन लागि परेका छन्।

केहिले बिकास केवल सरखारको योजना र सरकारको फाइदाको लागि बिकास भन्ने सोचेका छन् भने केहिले जनताको लागि बिकास भन्ने सोचेका छन्।

यस्तै विकासप्रेमी वडाध्यक्ष देखिएका छन् पन्चकन्य गाउपालिका वडा न।१ मा। वडाध्यक्ष मणिनाथ लामिछाने बिहान सखारै देखि बेलुका अबेर सम्म कार्यालयकै वरीपरी हुन्छन र जनता गुनासा सुन्दै ति गुनासाको हलको बाटो खोजि रहेका हुन्छन।

जनतामा बौद्धिकता र शिप बिकास नै प्रमुख मान्ने लामिछानेले उद्घोषण तालिम ,कृषि तथा पशुपालन तालिम , महिला सशक्तिकरण र शिप अभिव्रीद्धि कार्यक्रम संचालन गर्दै आएका छन्।

यसका सिवाय विभिन्न साँस्कृतिक कार्यक्रम,राहत वितरण कार्यक्रम,खोपका कार्यक्रम, विभिन्न सहायता कक्षको संचालन र यस बाहेकका प्रतक्ष जनाताले महशुस गर्ने भौतिक निर्माणका कामहरु संचालनमा छन्।

उक्त वडा जनताहरु,विपक्षि दलका नेताहरु समेत आफुहरु वडाध्यक्ष सँग अत्यन्तै सन्तुस्ट रहेको बताउछन।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला