काठमाडौं । बैशाख ६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ३ सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको मूल्य ९० हजार सात सय रुपैयाँ थियो।तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ।यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।