×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेनुहोस् आजको राशिफल


काठमाडौं । बैशाख ७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सांगीतिक क्षेत्रमा रुचि बढ्ने योग रहेको छ भने नयाँ वस्त्र र अलङ्कारको प्राप्ति हुनुका साथै एउटै कामबाट दोहोरो लाभ मिल्ने तथा धार्मिक कार्यमा मन जानेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुने तथा धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइनुका साथै बौद्धिक विकास हुने तथा धार्मिक यात्राको योग पनि छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मनमा शान्ति छाउने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्ने तथा कार्यमा सफलता पाइनुका साथै दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुने तथा प्रेममा बाधाका साथै मन कमजोर रहने देखिन्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्ने योग रहेका्े छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुने तथा आकस्मिक धन लाभ हुनुका साथै प्रेमीको साथ र सहयोग पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बन्धुबान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा अधुरो काम पूरा हुनुका साथै पुनर्मिलनको योग पनि रहेको छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने रमाइलो यात्रा हुनुका साथै नयाँ कार्यको योजना बन्ला र अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सरकारी निकायको भय रहनुका साथै महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ने तथा राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यप्रति सजग रहनु होला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने योग रहेको छ भने शत्रु पराजित हुनुका साथै समाजसेवामा र धार्मिक कार्यमा मन पनि जानेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै इच्छा र आकाङ्क्षा पूर्ण हुने तथा पारिवारिक सुख पनि मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज बन्धु बान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको प्रारम्भ हुने तथा सामाजिक तथा परोपकारमा पनि रुचि बढ्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला