×

TUNGOON

आज काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपालले नेदरल्याण्ड्सको सामना गर्ने


काठमाडौं । बैशाख ७ गते
आज काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ । उता नेदरल्याण्ड्स पनि पहिलो खेलमा नेपालसँग भोगेको हारको बदला लिने अभियानमा रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा हिजो मलेसियालाई पनि समान ९ विकेटले नैं पाखा लगाएको थियो ।कीर्तीपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रनमात्र बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्न नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शहाब आलम र कुशल मल्लले १–१ विकेट लिएका थिए ।जवाफमा १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गरेको थियो ।नेपालका लागि लगातार दोस्रो अर्धशतक बनाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले अविजित ६१ रन बनाएका थिए ।पहिलो विकेटका लागि एक सय दुई रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ४२ रन जोडेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला