×

TUNGOON

राष्ट्रिय जनमोर्चाद्वारा सरकारले हिउँदे अधिवेशनलाई अन्त्य गरेको भन्दै विरोध


काठमाडौं । बैशाख ७ गते
राष्ट्रिय जनमोर्चाले सरकारले हिउँदे अधिवेशनलाई अन्त्य गरेकोमा त्यसको विरोध गरेको छ । अधिवेशन अन्त्य गर्ने निर्णयलाई अधिनायकवादी तथा निरंकुश कदम भन्दै जनमोर्चाले त्यसको भत्सर्ना गरेको हो ।आज अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री केपी शर्मा ओली ओली पुनःस्थापित संसदका समेत विरुद्ध रहँदै आएको र पुनस्र्थापित संसद विरुद्धको मानसिकताका कारण नै सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनुवाई नै नगरी त्यसप्रति घोर उपेक्षाको नीति अपनाउँदै आएको उल्लेख गर्नु भएको छ ।

संसदमा सरकारका विषयमा उठेका सवालहरूको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व भएपनि त्यसको जवाफ नदिइ संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त्य गरेको पार्टीको आरोप छ ।पार्टीले ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हतकण्डा अपनाउन तयार भएको ठहर गर्दै यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको जिकिर गरेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला