काठमाडौं । बैशाख ७ गते
आज विकसित पछिल्लो राजनीतिक घनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिनु भएको छ ।

बैठक सोमवारका लागि बोलाइएको भएपनि आजसम्मका लागि सरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारबाट अलग्गिएको चार महिना पुग्दा समेत माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन ।प्रधानमन्त्री ओलीले पटक–पटक समर्थन फिर्ता गर्न चुनौती दिइसक्दा पनि माओवादीले समर्थन कायमै राखेको छ ।नेपाली कांग्रेससँगको छलफलमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएको थियो ।