काठमाडौं । बैशाख ७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ३०० रुपैयाँले गिरावट आएको छ । पछिल्लो दिनमा निरन्तर बढिरहेको छापावाल सुनको मुल्य आज भने घटेको हो ।

सोमबार प्रतितोला ९१ हजार रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा ३०० रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ पुगेको छ ।सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने आज तेस्रो दिन पनि स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।