काठमाडौं । बैशाख ७ गते
हठातमा संसद अधिवेशन अन्त्य गरेर तानाशाही चरित्र उदांगो पारेको नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आरोप लगाउनु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नु भएको थियो । उहाँले हिउंदे अधिवेशनमा एउटा विधेयक पनि प्रस्तुत नगरी संसद छलेको आरोप लगाउनु भएको छ ।

उहाँले ‘सरकारले सरकारले सम्माननीय सभामुखज्यूसंग परामर्श नै नगरी प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर आफ्नो तानाशाही चरित्र उदांगो पारेको र ‘विधेयक अधिवेशन पनि भनिने हिउंदे अधिवेशनमा एउटा विधेयक पनि प्रस्तुत नगर्ने, संसद छलेर हिंड्न खोज्ने सरकारको रवैया देखिएको बताउनु भएको छ । सांसद संग्रौलाले सर्वोच्च अदालतले संसद पुनःस्थापनापछि प्रधानमन्त्रीले संसदलार्य सम्बोधन पनि नगरेको र नैतिकताका आधारमा राजीनामा नदिएकोमा असन्तुष्ट व्यक्त गर्नु भएको छ । उहाँले सम्मानित सर्वोच्च अदालतको आदेश पछि पुनर्स्थापित संसदलाई प्रधानमंत्रीले सम्बोधन नगरेको र न नैतिकताको आधारमा राजीनामा नै दिएको आरोप लगाउनु भएको छ । सांसद संग्रौलाले संसदको अवमूल्यन गर्ने, संसदीय मूल्य र मान्यताहरुको खिल्ली उडाउने सबै खाले क्रियाकलापको भण्डाफोर गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।