×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख ८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुने योग रहेको छ भने आकस्मिक धन लाभ हुनुका साथै रमाइलो यात्रा रहने तथा सन्तान सुख पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने श्रमको उचित मल्याङ्कन हुने तथा व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामाजिक प्रतिष्ठा कमाउने यो्ग रहेको छ भने व्यक्तिगत काममा सफलता हात पर्ने तथा विद्या र बुद्धिको विकास हुनेछ र पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज उन्नति एवं प्रगतिको वातावरण बन्ने योग रहेको छ भने सामाजिक कार्य अघि बढ्नेछ तथा घरजग्गाको कारोबारमा सफलता मिल्नेछ र मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा दुबिधा उत्पन्न हुने योग रहेको छ भने चोटपटकको भय छ सचेत रहनु पर्ने तथा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज साथीभाइबाट बढी फाइदा लिने योग रहेको छ भने जोश जाँगर र उमंग बढ्ने र नयाँ काम सुरु गर्ने समय छ भने आर्थिक कारोबारमा सफलता पाइएला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रेम सम्बन्ध कसिलो हुनुका साथै रचनात्मक काममा जुट्ने योग रहेको छ भने विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा शुभकार्यको चर्चा चल्नुका साथै सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र रोकिएको धन हात पर्ला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपने तथा प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनुका साथै सन्तान पक्षको मायामा कमी आउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको रहेको छ भने नयाँ व्यक्तिसँग भेटघाट हुने तथा व्यापारमा धनलाभ हुने योग छ र भूमिबाट लाभ नै रहला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनुका साथै विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने सामाजिक कार्यमा सहभागी भइएला र प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउने तथा विशिष्ट व्यक्तिको साथ पाइनुका साथै समाजसेवामा मन लाग्ने र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला