काठमाडौं । बैशाख ८ गते
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेसका पदाधिकारीको बैठक जारी छ ।

पदाधिकारी बैठक मुख्यत महाधिवेशन तयारीको विषयमा केन्द्रीत रहने एक नेताले बताए । केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बसेको हो ।सोमवार बसेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक अवस्थाको विषयमा बोल्न खोजेपनि सभापति देउवाले यसबारे बुधवारको बैठकमा कुरा गर्ने बताएका थिए ।