×

TUNGOON

भारतमा एकै दिन २ लाख ९४ हजार २९० जना संक्रमित थपिए


काठमाडौं । बैशाख ८ गते
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । सोही अवधिमा २ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० जनामा संक्रमण देखिएको थियो भने १ हजार ७६९ जनाको मृत्यु भएको थियो । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ । १ लाख ८२ हजारको मृत्यु नै भइसकेको छ ।

संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु अक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको समाचारमा उल्लेख छ ।पछिल्लो २४ घन्टामा मात्रै भारतमा कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ करोड ८२ हजार नाघेको छ । विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला