×

TUNGOON

आज सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वयले लिए पद तथा गोपनीयताको सपथ


काठमाडौं । बैशाख ८ गते
आज सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वयले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । सपथ लिने न्यायाधीशद्वयमा नहकुल सुवेदी र कुमार चुडाल रहनु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार नवनियुक्त न्यायाधीश सुवेदी र चुडाललाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । न्यायपरिषद्वारा नाम प्रस्तावित भएपछि उनीहरुको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेको थियो । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीश पदमा नियुक्त गर्नु भएको थियो ।

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरीत नहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा सपथ लिनु भएको छ ।सर्वोच्च अदालतका न्यायाधीशहरूको सपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने अभ्यास रहँदै आएको छ । यसपटक कोरोना महामारीको जोखिमका कारण सपथ समारोहमा राष्ट्रपतिको उपस्थिति रहेन । प्रधानन्यायाधीश जबराले राष्ट्रपतिको उपस्थितिबिनै सपथ खुवाएका हुन् ।शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभाता थिया्े ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला