काठमाडौं । बैशाख ९ गते
मेष
चे, चो, ला, लि, लु, ले, लो, अ
्आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने तथा विद्या र बुद्धिको विकास हुनुका साथै गरेको कार्यमा सफलता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनमा दुबिधा उत्पन्न हुने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा आर्थिक कारोबारमा मन्दी आउने र महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै प्रेम सम्बन्ध कसिलो हुने र मनमा सहयोग भाव आउने तथा वैदेशिक कार्य अघि बढ्नेछ र धन प्राप्त पनि हुनसक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा नसोचेको ठाउँबाट धनागमको हुनेछ र दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै सानातिना समस्यामा अल्झिनुपर्ने र स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक धन पनि खर्च हुनसक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा परिवारमा सुख सन्तोष छाउनुका साथै नयाँ कामको थालनी हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज वैदेशिक क्षेत्रको काम अघी बढ्ने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने तथा विद्यामा सफलता पाइने र प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभ,हानी, आय,व्यय र सुख,दुख बराबरी मध्यम खालको दिनु भने ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने तथा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा निरास र शरीरमा आलस्य आउनुका साथै मनमा अविश्वास उत्पन्न हुने तथा प्रेममा मनमुटाव आउनुका साथै यात्रामा मालसामान हराउन पनि सक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका स्रोतहरू पत्ता लाग्नुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महिला वर्ग बाट विशेष सहयोग मिल्ने योग रहेको छ भने परिश्रम गर्दा धनार्जन हुने तथा अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै लाभदायक यात्रा पनि होला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज विशिष्ट व्यक्तिको साथ पाइने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने तथा कार्यमा सफलता पाइनुका साथै राजनैतिक कार्यमा सफलता मिल्नेछ ।