काठमाडौं । बैशाख ९ गते
कोरोना संक्रमितको तथ्यांकले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। देशभर बुधवार २४ घण्टामा ३ लाख १५ हजार ४७८ नयाँ संक्रमित थपिएका छन्। भारतलाई कोरोनाको दोस्रो लहरले अस्तव्यस्त बनाउँदै लगेको छ।यही अवधिमा एकै दिन २ हजार १०१ मानिसले ज्यान गुमाएका छन्।

भारतमा लगातार दोस्रो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार माथि पुगेको हो।भारतमा अहिले पनि २२ लाख ८४ हजार २०९ बिरामीको उपचार चलिरहेको छ। बुधवार रेकर्ड १ लाख ७९ हजार ३७२ बिरामी निको भए। संक्रमणबाट अहिलेसम्म भारतमा १ लाख ८४ हजार ६७२ को ज्यान गइसकेको छ। मंगलवार २ लाख ९४ हजार नयाँ संक्रमित भेटिएका थिए। त्यही दिन २ हजार २१ संक्रमितको ज्यान गएको थियो।