×

TUNGOON

आज त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्दै


काठमाडौं । बैशाख ९ गते
आज त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्दैछ । घरेलु मैदानमा जारी सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियासँग खेल्न लागेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ । नेपाल यसअघि नै फाइलन पुगि सकेको छ ।

सिरिजमा ३ खेल खेलेको नेपालले दुई खेलमा जित निकाल्दे अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो । आजको खेलमा जित निकाल्दै नेपाल शीर्ष स्थानमा उक्लने योजनामा छ । यता प्रतियोगिताबाट बाहिरिएको मलेसिया आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा छ । सिरिजको ३ खेलमा मलेसिया १ अंक जोडेको छ । नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हालसम्म नेपाल र मलेसियाबीच ४ टी–ट्वान्टी र ५ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल भएको छ । जसमा नेपाल हाबी रहेको छ ।नेपालले ३ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तराष्ट्रियमा जित हात पार्दा मलेसियाले २ खेलमा जित निकालेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला