×

TUNGOON

अनुशासनहीनतासँग सम्झौता गर्न नसकिने – प्रधानमन्त्री ओली


काठमाडौं । बैशाख ९ गते
पार्टीमा गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसक्ने नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । उहाँले अनुशासनहीता र अराजकतासँग सम्झौता गर्न नसकिने पनि बताउनु भएको छ ।

आज बिहान बल्खुमा एमालेको नयाँ कार्यालय भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहीनतासँग सम्झौता गर्न नसकिने बताउँदै बताउनु भएको छ । उहाँले पार्टीविरोध गतिविधि, गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता नदिने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला