काठमाडौं । बैशाख ९ गते
नयाँ बर्षको शुरुवाती सँगै बैशाख १ गते अन्लाईन खोजी प्रतिभा प्रा.लि.को प्रस्तुति ‘हन कसो अरे’को जन्मोत्सव भव्यताका साथ सम्पन्न गरिएको छ ।जन्मोत्सव कार्यक्रम तीनकुने स्थित ओमकार टेलिभिजनको स्टुडियोमा मनाइएको हो । ओमकार टेलिभिजन र गाउले इन्टरटेन्ट्मेन्ट युबट्युब च्यानलबाट नयाँ बर्ष को पहिलो दिन देखि प्रत्येक बुधबार राती नौ बजे प्रसारण हुनेछ । जन्मोत्सव कार्यक्रममा ओमकार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्मा हुमागाई प्रमुख अतिथिका रुपमा थिए भने ‘हन कसो अरे’को निर्माता तथा कलाकार रामचन्द्र हिरो राई सभापती हुनुहुन्थ्यो ।

कार्यक्रमलाई अध्यक्ष शर्माले दियो बालेर उदघाटन् गर्नु भएको थियो ।बरिष्ठ कलाकार तथा टेलिसिरियलका निर्देशकहरुको मन्तब्य सँगै कार्यक्रम सन्चालन भएको थियो । उक्त टेलिचलचित्रको निर्देशन सुरेन्द्र बराल र निर्माता हिरो राई , फुर्बा लिम्बू र सिम्रन राई हुन् भने कथा हिरो राईकै रहेको छ । ‘

हन कसो अरे’मा सुसन राई (भाले डन ) सुरेन्द्र बराल, हिरो राई, आश्मा तिवारी, सिम्रन राई, विश्व मुखिया, अजय खड्का, कुमार न्यौपाने, राज कुमार स्यान्तान, सुनिल नापित, दिपेन तामाङ, सन्जु थापा, सुनन्दा राई, पुर्निमा मगर, टीका घिमिरे, सन्तोष कार्की, रेनुका शेर्पा, राजु थापा, मिनाछी भट्टराई लगायतका कलाकारहरुको अभिनय हेर्न सकिने छ । यस कार्यक्रमका ब्याबस्थापनमा राज कुमार स्यान्तान र दिपेन तमाङले गरेका छन् भने प्रबत्ता तथा कानुनी सल्लाहकारमा महेश पुरी रहनु भएको छ । कार्यक्रममा बरिष्ठ कलाकार लक्ष्मण चौलागाईं, रोहित कार्की, विभिन्न टेलिसिरियलका निर्देशकहरु लगायत अन्य २० जना अतिथिहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालकमा कमल योन्जन तामङ थिए । कार्यक्रममा कलाकारका गुरु टेकेन्द्र कार्कीलाई विशेष सम्मान गरिएको थियो । अन्य ५३ जना कलाकारहरुलाई पनि खादा लगाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा सभापती रामचन्द्र राइ ‘हिरो’ले कार्यक्रम समापन गर्नु भएको थियो ।