काठमाडौं । बैशाख १० गते
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गदै दल दर्ताका लागि आह्वान गरेको हो । जेठ ६ गते राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदका लागि उपनिर्वाचन हुँदैछ ।राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले पद रिक्त भए त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य राम बहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि खाली भएको पदमा उपनिर्वाचन हुन लागेको हो । वैशाख १४ गतेसम्म दल दर्ता गर्ने म्याद राख्दै आयोगले संविधानको धारा २७१ अनुसार जेठ ६ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको हो । बागमती प्रदेशमा रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।