×

TUNGOON

आज भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु


काठमाडौं । बैशाख १० गते
आज भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको विरारस्थित विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको हो ।

मृत्युहुने सबै कोरोना संक्रमित रहेका छन् ।बिहान साढे तीन बजे भएको सो आगलागीमा परि १७ जना घाइते भएका छन् । आगलागीबाट घाइते बिरामीको नजिकको अर्को अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगो बिहान करिब ५ बजे नियन्त्रणमा आएको समाचारमा जनाइएको छ । त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् ।यसअघि बुधवार महाराष्ट्रको नासिकस्थित जाकिर हुसेन अस्पतालमा अक्सिजनको अभावहुँदा २२ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला