काठमाडौं । बैशाख १० गते
हाल बिश्वभर नयाँ प्रजातीको कोरोनाको दोस्रो लहर तीव्र रुपले फैलिरहेको छ । हाम्रो छिमेकी मुलक भारतमा हाल कोारोना संक्रमितको संख्या दिनहुँ २,३ लाखका दरले बढी रहेको छ । गएको २४ घण्टामा भारतमा ३ लाख भन्खा बढी संक्रमित थपिएका छन् भने एकैदिन २ हजार भन्दा बढीको ज्यान गएको छ । नेपाल–भारतको चौतर्फी खुल्ला सिमानाका कारण नेपालमा पनि त्यसको प्रभाव हाल तिव्र रुपमा परिरहेको छ ।

हालको कोरोनको परिस्थितिलाई मध्यनजर गर्दे बौद्ध स्तुपा परिसरमा सामुदायिक सेवा समिति बौद्ध तथा सामुदायिक प्रहरी बौद्ध र बौद्ध नाथ क्षेत्र बिकास समितिको संयुक्तसहभागितामा प्रत्येक दिन माईकिङ,माक्स नलगाई आउने श्रद्धालु तीर्थलु भक्तजनलाई निशुल्क वितरण लगायत जन चेतनामूलक कार्यक्रम गरि सतर्कता अपनाउन कोरोना भाईरस बाट बचाउने उपायबारे जानकारी दिदै आईरहेको सामुदायिक प्रहरी बौद्धका महिला प्रहरी हवल्दार कविता भट्टले जानकारी दिनु भएको छ ।