×

TUNGOON

आज सुनको मुल्यमा ५ सय रुपैयाँले गिरावट


काठमाडौं । बैशाख १० गते
नेपाली सुनचाँदी बजारमा केही दिनदेखि लगातार उकालो लाग्दै आएको सुनचाँदीको मुल्यमा आज ५०० रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बिहीबारको तुलना ५०० रुपैयाँले कम हो।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आजका लागि तेजावी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ३२० रुपैयाँ तोकिएको छ। सुनचाँदीको मू्ल्य अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने गर्दछ। विश्वबजारमा कच्चा तेलको मूल्यमा हुने परिवर्तनलेसमेत सुनको मूल्य घटबढ हुने महासंघको भनाइ छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला