काठमाडौं । बैशाख १० गते
प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र हठका कारण पार्टीमा गम्भीर संकट देखिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले आज जनकपुरधामस्थित मिथिला भवनमा पत्रकार सम्मेलनमा बोल्दै नेपालले दम्भ र हठका कारण पार्टीमा गम्भीर संकट देखिएको बताउनु भएको हो । उहाँलेओली आफ्नो दम्भबाट पछाडि हट्न नचाहेका कारण पार्टी र लोकतन्त्र नै संकटमा परेको भन्दै ओली आफ्नो दम्भबाट पछाडि हट्न चाहेनन् र बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था नभएको बताउनु भएको छ ।

उहाँले ओलीको दम्भ र हठका कारण पार्टीको एकता बचाउन कठिन रहेको र ओलीसँग जति भेटघाट गरेपनि सकारात्मक हुन नसकेको भनाइ छ । नेता नेपालले ओली हठी भएकाले नै डिनर छाडेर बामदेव गौतम हिंडेको र पार्टी एकताका लागि ओलीले यसअघि गरेका सबै निर्णय फिर्ता लिनुपर्नेमा नेपालले जोड दिनु भएको छ । आफूले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन निरन्तर प्रयास गरेपनि ओलीले नचाहेकोनेता नेपालले आरोप थियो । त्यस्तै अल्पतमा परेपछि ओलीले बाटो हिड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएको पनि उहाँले बताउनु भयो ।