काठमाडौं । बैशाख १० गते
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेको बालुवाटारमा जारी बैठकलाई केपी ओलीको निजी भारदारी सभाको संज्ञा दिनु भएको छ । जारी बैठकले खनाल–नेपाल पक्षलाई बाहिरै राखरे स्थायी कमिट गरेपछि झलनाथ खनालले भने भारदारी सभाले भारदार थप्ने के नौलो कुरा भयो र भन्दै प्रश्न गर्नु भएको छ ।

नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको भारदारी सभाको निर्णय सुनेर आफू मज्जाले हाँसेको समेत बताउनु भयो । बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले झलनाथ खनाल–माधव नेपाल समूहलाई बाहिर राख्दै माओवादीबाट एमाले प्रवेश गरेका ४ नेतालाई समेटेर १८ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।