काठमाडौं । बैशाख ११ गते
आजदेखि नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रयोगिता सुरु हुँदैछ। नेपाली फुटबलको इतिहासमा अक्सनबाट खेलाडी अनुबन्धन गरि हुन लागेको यो पहिलो फ्रेन्चाइज फुटबल प्रतिस्पर्धा हो।उद्घाटन खेलमा बेलुका साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ रेजर्स र ललितपुर सिटीबिच प्रतिस्पर्धा हुनेछ। तर खेल हेर्नका लागि दर्शक रंगशालामा जान भने पाउने छैनन्।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दर्शक बिहीन रंगशालामा खेल हुन लागेको हो। काठमाडौँको कप्तानमा विकेश कुथु तथा ललितपुरको कप्तानमा अन्जन विष्ट रहेका छन्।अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा विभिन्न सात शहरको नाममा रहेका टोलीबिच प्रतिस्पर्धा हुनेछ।आउँदो जेठ १ गतेसम्म हुने प्रतिस्पर्धामा काठमाडौँ र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन्।प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख नगद पुरस्कार पाउने छन्। यसैगरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।