×

TUNGOON

समाजवाद, लोकतन्त्र पक्षधरहरुलाई संविधान अध्ययन गर्न र त्यसको सारलाई बुझ्न नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको आग्रह


काठमाडौं । बैशाख ११ गते
समाजवादको अभिभारा पूरा गर्न खासै प्रगति गर्न नसकेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत लोकतन्त्र दिवसको शुभकामना सन्देश दिँदै नेता झलनाथ खनालले संविधान निर्माण भएपछि मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने ऐतिहासिक अभिभारा रहेको र त्यो अभिभारामा हामीले खासै प्रगति गर्न नसकेको टिप्पणी गर्नु भएको छ । उहाँले समाजवाद, लोकतन्त्र पक्षधरहरुलाई संविधान अध्ययन गर्न र त्यसको सारलाई बुझ्न आग्रह समेत गर्नु भएको छ । समाजवादको दिशामा प्रतिबद्ध भएर अघि बढ्नु पर्ने उहाँको भनाई छ । नेता खानलले कोभिड–१९ को संक्रमण फैलिँदै गएकाले सचेत हुन पनि आग्रह गर्दै डब्लूएचओ र स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला