×

TUNGOON

आइतबार देखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिने, पर्यटकीय क्षेत्र, उद्यान तथा वनभोजस्थल समेत बन्द गरिदै


काठमाडौं । बैशाख ११ गते
हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ । त्यसैलाई मध्यनजर गर्दै आइतबार देखि वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सबै गाडीमा जोर बिजोर प्रणाली लागू गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभएको छ । मकवानपुरमा पर्यटकीय क्षेत्र, उद्यान तथा वनभोजस्थलसमेत बन्द गरिनुका साथै र्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । कोरोनासम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला