×

TUNGOON

आज विशेष समारोहबीच प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन,करिब ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला गर्ने


काठमाडौं । बैशाख ११ गते
आज प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्नु भएको छ । आज विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गर्नु भएको हो । अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी रहेको छ । पुनर्निर्माण प्राधिकरणका अुनसरा बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ । भूकम्प आएकोभन्दा एक दिन अगाडिको तिथिमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नु भएको छ । भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । २०७५ सालमा कात्तिकमा धरहराको नवर्निमाण सुरु भएको थियो ।

कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ । धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् ।नयाँ धरहरा आज उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।करिब ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।हाल यी सबै कामहरुलाई पूरा हुन बाँकी हुँदा पनि धरहराको नयाँ स्वरुपमात्रै उद्घाटन गर्न लागिएको हो। पहिला साढे ४ रोपनीमा फैलिएको धरहरा अब ४२ रोपनीमा फैलिँएको हो। त्यसका लागि त्यहाँ रहेको टक्सार र हुलाकको कार्यालय हटाइएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला