काठमाडौं । बैशाख ११ गते
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहमा कोरोना संक्रमणको पुष्टि भएपछि आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएको छ । उहाँहरु आज दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ ।

केही दिनअघि उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।