×

TUNGOON

प्रधानमन्त्री ओलीले पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाही नाममा स्वेच्छाचारी व्यवहार देखाएको नेकपा एमालेका नेता गोकर्ण बिष्टको आरोप


काठमाडौं । बैशाख ११ गते
एमाले पार्टी नछाड्ने नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले बताउनु भएको छ । आज गृहजिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको नाममा आफ्नो समूहलाई सुली मै चढाए पनि एमाले पार्टी नछाड्ने बताउनु भएो हो । बिष्टले सत्ता– शक्तिकी अहंकारमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरि अगाडि बढेको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीले पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाही नाममा स्वेच्छाचारी व्यवहार देखाएको आरोप लगाउनु भएको छ ।

त्यसबाट विचलित नभई संघर्ष गर्ने र सुलीमै चढाए पनि आफूहरुले पार्टी नछाड्ने उहाँको भनाइ छ । बिष्टले ओलीले पार्टी एकताको पुरै झ्याल–ढोका बन्द गरेको बताउँदै बन्द ढोकाको बलेनी मै बसेरै भए पनि पार्टी एकताका लागि लडिरहने जिकिर गर्नु भएको छ । नेता बिष्टले ​महाभारत कालमा सन्की शासकले रामलाई १४ वर्ष वनवास पठाएको उल्लेख गर्दै सत्यको जित हासिल गर्न रामलाई १४ वर्ष लागे झै आफूहरुलाई पनि सत्यको जित हासिल गर्न केही समय लाग्ने उल्लेख गर्नु भयो । उहाँले बहुमत सदस्यसहित ९ औं महाधिवेशनमा ओली प्यानलबाट निर्वाचित ३ जना उपाध्यक्ष समेत माधव नेपाल समूहमा रहेको बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला