×

TUNGOON

आज नेपालमा थप २ हजार ४८६ जना नयाँ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु


काठमाडौं । बैशाख ११ गते
आज नेपालमा थप २ हजार ४८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

शनिवार ८ हजार ६६८ जनाको कोरोना परीक्षण गर्दा आरटी–पीसीआरबाट २ हजार ४८६ जना र एन्टिजेनबाट १३३ जनामा संक्रमण पुष्टि भएकोac मन्त्रालयले जनाएको छ ।कूल संक्रमितमध्ये हालसम्म २ लाख ७७ हजार १२३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ३६८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।शनिवार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ रहेको छ । कोरोनाले थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कूल मृतकको संख्या ३ हजार १३६ पुगेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला